८ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री ओलीको वर्थ डे केक पुर्‍याउन हेलिकप्टर चार्टर ( भिडियो )

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७६, आईतवार १४:०६

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा पुग्नु भएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आज अपराह्न २ बजे उहा इवा आइपुग्नु भएको हो ।

उहाँलाई सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीको स्वागतमा लिम्बू समुदायको च्याब्रुङ नाच, सङ्गिनी नाच तथा विभिन्न झाँकी प्रदर्शन गरिएको छ ।