११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाल राष्ट्र बैंकको गर्भनर बन्न को-कसको दौडधूप

नेपालब्रिटेन संवाददाता
१२ फाल्गुन २०७६, सोमबार ०४:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकको १७ औं गर्भनरका लागि दौडधुप सुरु भएको छ । हालका गर्भनर चिरञ्जीवि नेपालले ५ वर्षे कार्यकाल पुरा गर्दै चैत ५ गतेबाट अवकास लिनेछन् । चलनअनुसार गर्भनर नेपाल फागुन ५ गतेबाटै घरविदामा बस्नुपर्ने हो । तर, उनी अहिले पनि कार्यालय जाँदैछन् ।

मुलुकको केन्द्रीय बैंकको १६ औं गर्भनर चिरञ्जीवी नेपालले आगामी चैत ५ गते अवकास पाउँदैछन् । ऐनमै स्पस्ट व्यवस्था नभएपनि चलनचल्तीअनुसार गर्भनर अवकास पाउने मितिले एक महिना अघिनै घर विदा बस्ने गरिन्छ । तर, गर्भनर नेपाल विदा बसेका छैनन् । गर्भनर विदाई हुन २५ दिन पनि बाँकी नरहँदा सरकारले गर्भनर खोज्न सकेको छैन ।

नयाँ गर्भनरका लागि नाम सिफारीस गर्न र गराउन यतिबेला प्रतिस्पर्धीहरु भने तातिएका छन् । नेपाल राष्ट्रबैंक ऐन–२०५८ अनुसार अर्थमन्त्रीको अध्यक्षतामा पूर्वगर्भनर मध्ये एकजना, अर्थशास्त्री एकजना सदस्य रहने गरी तीन सदस्य समिति गठन हुन्छ । उक्त समितिले डेपुटीगर्भनर मध्ये एकजना अनिवार्य र बाहिरी प्रतिस्पर्धीको नाम सिफारीस गरी मन्त्रिपरिषद्मा लैजानुपर्छ ।

नयाँ गर्भनरका लागि आकांक्षी 
नयाँ गर्भनरको मुख्या दावेदारमा राष्ट्रबैंकका डेपुटी गर्भनर डा. चिन्तामणी सिवाकोटी छन् । २०४४ सालमा राष्ट्रबैंकका प्रमुख सहायक पदबाट जागिर शुरुगरेका उनी २०७२ सालमा डेपुटीगर्भनरमा नियुक्त भए । उनी नेकपा निकट मानिन्छ । त्यस्तै, डेपुटी गर्भनर शिवराज श्रेष्ठ अर्को कडा प्रतिष्पर्धी हुन् । वित्तिय अपचलनको मुद्धा परी निलम्वनमा समेत परेका उनले सफाई पाइसकेका छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी हुन्, अर्का दावेदार । उनीसँग ३० वर्ष राष्ट्रबैंकमा काम गरेको अनुभव छ ।

त्यस्तै, मीनबहादुर श्रेष्ठ, डा.सुवोधकुमार कर्ण अर्का प्रबल दावेदार मानिन्छन् । कानुनलाई अन्दाज नलगाउने हो भने हाल राष्ट्रबैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटी र शिवराज श्रेष्ठ मध्ये एकजनाको सम्भावना देखिन्छ । तर, राजनीतिक नियुक्ति भएका कारण सत्तारुढ दलकै कृपा पाउने मात्र गर्भनर बन्ने चर्चा चलेको छ ।