१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मनकामना महिला समुहको दोस्रो अधिवेसन, नयाँ नेतृत्व चुनियो

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७६, सोमबार १६:०७

लण्डन । मिडल्याण्डको बर्मिंगहम क्षेत्रमा रहेका नेपाली महिलाहरुको संस्था मनकामना महिला समुह, वेस्ट ब्रमिचले आफ्लो दोस्रो अधिवेसन सम्पन्न गरेको छ ।
सोमबार वेस्ट ब्रमिचस्थित सोहो ओक पार्टी हलमा सम्पन्न अधिवेसनले आउँदो २ वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । जसअनुसार अध्यक्षमा देवी सापकोटा, उपाध्यक्ष मिना न्यौपाने, सचिव सरिता खराल, सहसचिव सरिता सापकोटा, कोषाध्यक्ष सिता खरेल र सहकोषाध्यक्ष मनु कँडेल चयन भएका छन् ।

संस्थाका सल्लाहकारद्धय कोशलेश्वर ढकाल र टिका भण्डारी रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयनको प्रक्रिया सञ्चालन गरेको थियो ।

नवनिर्वाचित समितिलाई समाजकी निवर्तमान अध्यक्ष राधा खरेल, संस्थापक अध्यक्ष सिता खरेल, सल्लाहकारहरु लिलाबहादुर थापा र रामप्रसाद न्यौपानेले बधाई तथा शुभकामना दिएका थिए ।
त्यसअघि समुहकी निवर्तमान अध्यक्ष राधा खरेलको अध्यक्षतामा सम्पन्न अधिवेसनमा संस्थाका आर्थिक तथा वार्षिक प्रतिवेदन पारित गरिएको थियो । अधिवेसनलाई एनआरएनए यूकेका सचिव एवम् सल्लाहकार कोशलेश्वर ढकाल, शान्ति नेपाली समाजका अध्यक्ष एवम् सल्लाहकार लिलाबहादुर थापा, सल्लाहकार रामप्रसाद न्यौपाने, शान्ति नेपाली समाजका सचिव प्रविण पाण्डे, भूपेन्द्र पाठक लगायतले शुभकामना दिएका थिए ।

अधिवेसनमा समुहका सदस्य तथा स्थानीय समुदायका अगुवासहित करिब ७० जनाभन्दा बढि सहभागी थिए । चार वर्ष अघि स्थापित मनकामना महिला समुहमा बर्मिंगहमको वेस्ट ब्रमिच क्षेत्रका ६० महिला सदस्य छन् । समुहको राधा खरेल नेतृत्वको निवर्तमान कार्यसमितिले संकलन गरेको ५० हजार रुपिया अब छिट्टै इन्द्रेणी कार्यक्रममार्फत नेपालमा सामाजिक कार्यमा सहयोग गरिने समुहले जनाएको छ ।