१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन जग्गा प्रकरणको वास्तविकता छिट्टै खुल्छ : अध्यक्ष, कुमार पन्त

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७६, सोमबार २०:४४

भोला लामिछाने । स्पेन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले एनआरएनलाई दलाल र भूमाफीयाले फसाएको बताएका छन् । गैर आवासीय नेपाली संघ स्पेनको आयोजनामा बार्सिलोनामा आयोजित एक अन्तरक्रीया कार्यक्रममा ‘एनआरएनको भवन निर्माण गरिएको बालुवाटारको जग्गा प्रकरणको वास्तविकता के हो ?’ भनी सहभागीहरूको प्रश्नमा पन्तले भूमाफीयाहरूले षड्यन्त्रपूर्वक फसाएको बताएका हुन् ।

अध्यक्ष पन्तले दुखेसो पोखे ‘उक्त जग्गा खरीद गर्नुपूर्व हामीले विश्वासको भरमा काम गर्यौं । यो नै हाम्रो गल्ती भयो ।’

‘संस्थापक अध्यक्ष उपेन्द्र महतो, पुर्व अध्यक्ष शेष घले, जिवा लामीछाने सबैसँग मैले सम्पर्क गरेको छु । निवर्तमान अध्यक्ष भवन भट्टसँग कुराकानी हुन पाएको छैन । छिटै कुराकानी गर्ने छु । मार्चको अन्तीम हप्ता यसै विषयमा छलफल गर्न काठमाडौंमा भेटघाट तय भएको छ’ पन्तले भने ।

आफूले कसैलाई पनि नचिनेको तर भित्र भित्र बुझ्दै जाँदा जग्गा कसको हो अझै पत्ता लागिनसकेको पनि पन्तले बताए । ‘एकले अर्कालाई, अर्काले फेरी अर्कोलाई देखाईरहनु भएको छ । मैले कसैलाईपनि चिन्दिन । आईसीसी लगायत एनसीसीहरूमा पनि यो धेरै छलफलको बिषय बनेको छ । धेरै एनआरएनए साथीहरुले सोधिरहनु भएको छ । हामीले यसको वास्तविकता छिट्टै बताउने छौं’ पन्तले भने ।

‘हामीले थुप्रै आयोजनाहरू बनाईरहेका छौं पन्तले भने कतिपय शुरूवातको क्रममा छन् । एनआरएनले गरेका सबैजसो आयोजनाहरूको पहिला बजेट अनुमान एउटा हुने र सम्पन्न हुँदै गर्दा लागतमा बृद्दी हुने देखिएको छ । यसलाई पुरा गर्न फेरी चन्दा संकलन गरेर पुरा गर्नु पर्ने बाध्यत्मक अवस्थाले आर्थिक कारोबारहरूमा प्रश्न चिन्ह आउने गरेका हुन् जस्तो मलाई लाग्छ’ पन्तले आर्थिक प्रश्नमा उठ्ने गरेका विषयलाई प्रस्ट पार्न खोजे ।

एनआरएनद्वारा काठमाडौमा सुविधासहितको नमुना शौचालयहरू बनाउन लागेको र करिब पाँच वर्ष एनआरएनकै स्वामित्वमा रेखदेख र संरक्षण गरिने गरी महानगरपालीकासँग सम्झौता भएको जानकारिपनि उनले दिए ।

धेरै पैसा हुने ब्यक्ति अध्यक्ष, अली कम हुने ब्यक्ति उपाध्यक्ष गर्दै सांगठनिक संरचना गर्दा समाजमा बिकृर्ती ल्याउने र संस्थाको भबिष्यमामा समेत प्रश्न चिन्ह खडा हुन कत्तीपनि बेर नलाग्ने भन्दै संस्था दिगो रूपमा जोगाउन यसतर्फ ध्यान दिनु जरूरी भएकोमा पन्तले जोड दिए ।

नेपालका पररास्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको प्रमुख आथित्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपालीहरू जहाँ जसरी रहेपनि त्यहीँबाट आफ्नो काममा दक्षता हासील गर्दै बढाएर लैजानुपर्नेपनि ज्ञवालीले बताए । नेपाल सरकारले प्रवास डायस्फोरामा रहेका नेपालीहरूको सुख दुख हरेक समस्यामा साथ दिने प्रतिबद्धता उनले जनाए ।

गैर आवासीय नेपाली संघ स्पेनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्पेन लगायत पोर्चुगल बेल्जियम, जर्मनी, नेदल्यान्ड लगायतका विभिन्न संघ संस्थाका प्रतिनीधीहरूको उपस्थिति थियो ।