६ बैशाख २०८१, बिहीबार
Follow Us

भारतमा १३ लाख पर्ने स्वीट रुममा सुत्छन ट्रम्प

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७६, सोमबार २१:२१

एजेन्सी । दिल्लीस्थित मौर्य होटलको १४ औं तल्लामा द ग्रान्ड प्रेसिडेन्डियल सुइट छ जसलाई चाणक्य सुइट पनि भनिन्छ । यो सुईटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प एक रात बस्नेछन् ।

भारत भ्रमणमा रहेका ट्रम्पले रात बिताउने सुइटमा एक रातको भाडा आठ लाख भारतीय रुपैयाँ अर्थात् १२ लाख ८० हजार नेपाली रुपैयाँ पर्छ । कोठामा रेशमले ढाकिएको भित्ता छ । काठ छापिएको भुईं छ र आकर्षक कलाले सिंगारिएको छ ।

कोठामा आरामदारी शौचालय र स्नानगृह छ । यसमा सानो स्पा र जिम पनि छ । १२ सिटको निजी डाइनिङ रुम पनि छ । यो स्वीटमा बस्ने ट्रम्प चौंथो अमेरिकी राष्ट्रपनि हुनेछन् । यसअघि विल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओबामा यही स्वीटमा बसेका थिए ।