१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कलंकीमा डरलाग्दो दुर्घटना, एक जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७६, सोमबार २१:४८

काठमाडौं । काठमाडौंको कलंकीमा सोमबार साँझ डरलाग्दो दुर्घटना भएको छ । ब्रेक फेल भएको ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर चार जना घाइते भएका छन् ।
दुर्घटनामा परेर ज्यान गुमाएका सनाखत हुन बाँकी रहेको कालिमाटी वृत्तका डीएसपी रुगम कुँवरले जानकारी दिए । दुर्घटनामा घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओरालोमा अगाडिका ट्याक्सी, कार, जिप, स्कुटरलगायतका सवारी साधनलाई ठक्कर दिएको थियो ।

ब्रेकफेल भएको ट्रकले एउटा स्कोरपियो, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा कार र स्कुटरलाई ठक्कर दिएको डिएसपी कुँवरले बताए । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।