१५ बैशाख २०८१, शनिबार
Follow Us

कोरोनाभाइरसका कारण कुवेतमा ९० हजार नेपाली प्रभावित

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७६, मंगलवार २३:२९

काठमाडौं। ठूलो संख्यामा रोजगारीका लागि गएका नेपाली रहेको दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण फैलिएको खबर सार्वजनिक भए लगत्तै ठूलो संख्यामा नेपाली भएको अर्को देश कुवेतमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । यहाँ झण्डै ९० हजारको हाराहारीमा नेपालीहरु रोजगारीका लागि गएका छन् ।

कुवेतको स्वास्थ्य मन्त्रालयले यहाँ तीन जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । इरानको मशहदबाट फर्किएकाहरुको परीक्षणको क्रममा तीन जनामा संक्रमण भेटिएको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार कुवेतमा भेटिएका पहिलो संक्रमित व्यक्ति ५३ वर्षका कुवेती नागरिक हुन् । दोस्रो व्यक्ति ६१ वर्षका साउदी नागरिक हुन् र तेस्रो व्यक्ति २१ वर्षका युवक हुन् जसको राष्ट्रियता पुष्टि हुन सकेको छैन । तीनै जनालाई निरन्तर निगरानीमा राखिएको मन्त्रालयले जानकारी दिएको छ ।