१४ बैशाख २०८१, शुक्रबार
Follow Us

छ जनालाई नइ पुरस्कार

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०७६, बुधबार १५:०१

काठमाडौं । नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जनालाई यस वर्षको ‘नइ पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार लक्ष्मीदेवी राजभण्डारीलाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो । ती दुवै पुरस्कारका राशि जनही साठी हजार रुपियाँ रहेका छन् ।

काठमाडौँ उपत्यका बाहिर रहेर नेपाली साहित्यमा क्रियाशील रुपन्देहीका दुर्गा पौडेललाई ‘नइ बुलु शर्मा पुरस्कार’, अपाङ्ग भएपनि नेपाली भाषासाहित्यमा सदैव समर्पित महेश थापालाई ‘नइ देरुनीख गौरव पुरस्कार’ र तेस्रोलिङ्गी सोफी सुनुवारलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गरिने भएको छ ।

यी तीनै पुरस्कारका राशि जनही ५० हजार रुपैयाँ रहेका छन् । मिस मङ्गोल सिविरा लामालाई २५ हजार रुपैँया राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको १०१ औंँ जन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते नइ पुरस्कार समर्पण गर्नुहुनेछ ।