८ बैशाख २०८१, शनिबार
Follow Us

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन आग्रह

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०७६, बुधबार १५:०४

काठमाडौं । नेपाल पत्रकार महासङ्घले हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भनी महासङ्घमा शिवाकोटीले जानकारी गराउनु भएकाले सुरक्षा व्यवस्था मिलाउन माग गरेको बताउनुभयो ।

उहाँले पत्रकार शिवाकोटीको सुरक्षाको व्यवस्था गरी स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन माग गर्नुभएको जानकारी दिनुभयो । शिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिले शङ्कास्पद गतिविधि बढाएकाले आफू असुरक्षित भएको भनी महासङ्घलाई जानकारी गराउनुभएको महासचिव विष्टले बताउनुभयो । उहाँले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई हतोत्साहित बनाउने यस्तो गतिविधिको महासङ्घ भत्र्सना गर्दछ भन्नुभयो ।