१५ चैत्र २०८०, बिहीबार
Follow Us

७० करोड काण्डमा प्रधानमन्त्री र शक्तिशाली व्यक्तिको संलग्नता

नेपालब्रिटेन संवाददाता
१५ फाल्गुन २०७६, बिहीबार १०:०७

काठमाडौं । राष्ट्रिय सभा सदस्य बद्रीप्रसाद पाण्डेले सरकार काण्डै काण्डले थलिएकाे बताउनुभएको छ । तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड काण्डमा शक्तिशाली व्यक्तिको हात रहेको भन्दै उहाँले निवर्तमान मन्त्री बाँस्कोटालाई बलिको बोका बनाइएको बताउनुभएको छ ।

उहाँले सेक्युरिटी प्रिन्टिङ स्थापना प्रकरणमा मन्त्री बाँस्कोटा एक्लैको मात्र संलग्नता नरहेको दाबी गर्नुभयो । बाँस्कोटाको नेपथ्यमा प्रधानमन्त्री र प्रधानमन्त्रीजत्तिकै शक्तिशाली व्यक्तिहरुको संलग्नता रहेको भन्ने कुरा भइरहेको छ, उहाँले भन्नुभयाे ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले वर्तमान सरकार काण्डै काण्डमा फसेको र एउटा काण्ड सकिन नपाउँदै अर्काे काण्ड आउनुले एउटा काण्डलाई छोप्न अर्को काण्ड मच्याईको आरोप समेत लगाउनुभयो । उहाँले भन्नुभयो, ७० करोड काण्ड, केक काण्ड, त्यसलाई छोप्न संविधान संशोधन काण्ड आउनुले सरकारको नाङ्गो रुप छलङ्ग भएको बताउनुभयो । साथै उहाँले, बाँस्कोटलाई बलिको बोको बनाएर शक्तिशालीहरूले उन्मुक्ति चाहेको उल्लेख गर्नुभयो ।

सरकारको प्रवक्ता सरकारको मुख भएको उल्लेख गर्दै सांसद पाण्डेले भन्नुभयो, मुखै बैरी भएपछि सरकारको भावना जेष्टा र चाहना के होला ? निवर्तमान सञ्चारमन्त्री बाँस्कोटा प्रधानमन्त्रीको सुपुत्र जत्तिकै प्यारो भएको उल्लेख गर्दै उहाँले मन्त्री बाँस्कोटाको बचाउमा लागको भन्दै आपत्ती जनाउनुभयो ।