१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तीन जना एआईजीको बढुवा

नेपालब्रिटेन डट कम्
१५ फाल्गुन २०७६, बिहीबार १३:२७

काठमाडौं । नेपाल प्रहरीको रिक्त रहेको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा तीन जनाको बढुवा सिफारिस भएको छ ।
गृह मन्त्रालयले रिक्त रहेको पदमा डीआईजीत्रस तारणी लम्साल, शैलेश थापा क्षेत्री र हरि पालको बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिले लम्साललाई एक नम्बर, थापालाई दुई नम्बर र हरि पाललाई तेस्रो नम्बरमा राखेर बढुवा सिफारिस गरेको हो । अब उनीहरुमध्येबाटै एक जना नयाँ आईजीपी बन्ने निश्चित भएको छ ।

नेपाल प्रहरीको एआइजीमा बढुवाका लागि ६ जना डिआइजीबीच प्रतिस्पर्धा देखिएको थियो । जसमा सुर्य उपाध्याय प्रद्युम्न कार्की र निरजबहादुर शाहीपनि थिए ।