१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रदिप कार्कीको ‘यो जिन्दगी’ सार्वजनिक (भिडियो)

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७६, शुक्रबार ००:०२

लन्डन । पछिल्लो समयमा सामाजिक संजाल र युट्युबमा निकै लोकप्रिय बनेका गायक प्रदिप कार्कीको नयां गीत ‘यो जिन्दगी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रमा सिंहको शब्द सृजना रहेको उक्त गीतमा कर्मा ग्याल्चेन बम्जनको संगीत तथा फडिन्द्र राईको संगीत संयोजन रहेको छ । तेस्तै गरि म्युजिक भिडियोलाई वाई मेनले निर्देशन गरेका छन् ।

म्युजिक भिडियोमा विजु र कविताको अभिनय हेर्न सकिनेछ । गायक प्रदिप कार्कीले आफ्नै युट्युब च्यानलमार्फत म्युजिक भिडियोलाई सार्वजनिक गरेका छन् ।

ग्रामिण परिवेशमा छयांकन गरिएको यस म्युजिक भिडियोले विशेषत: यूवा पुस्ताको चित्रण गरेको छ ।