१५ चैत्र २०८०, बिहीबार
Follow Us

म्यान्चेस्टर युनाईटेड युरोपा लिग फुटबलकोअन्तिम १६ मा

नेपालब्रिटेन संवाददाता
१६ फाल्गुन २०७६, शुक्रबार ०४:०३

लन्डन । इङ्गलिस प्रिमियर क्लबहरु म्यान्चेस्टर युनाईटेड र वुल्भरह्याम्प्टन वान्डरर्स युरोपा लिग फुटबलको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेका छन् । गएराती भएको खेलमा बेल्जियमको क्लब ब्रुजलाई ५–० ले हराउँदै म्यान्चेस्टर युनाईटेड अर्को चरणमा उक्लिएको हो ।

पहिले लेगको खेलमा १–१ गोलको बराबरी खेलेपछि गएराती भएको दोस्रो लेगमा शानदार जित निकाल्दै म्यान्चेस्टर युनाईटेड समग्रमा ६–१ को परिणमसहित अर्को चरणमा उक्लिएको हो । गएराती भएको अर्को खेलमा स्पेनको इस्पानियोलसँग ३–२ ले हारेपनि समग्रमा ६–३ को जितसहित वुल्भरह्याम्पटन वान्डरर्स पनि अर्को चरणमा उक्लियो ।

लण्डन क्लब आर्सनल भने प्रतियोगिताबाट बाहिरिएको छ । गएराती सम्पन्न दोस्रो लेगको खेलमा ग्रिसको ओलम्पियाकोससँग २–१ ले पराजित भएपछि समग्रमा खेल २–२ गोलको बराबरीमा पुग्यो । यस्तोमा आर्सनलको मैदानमा गरेको दुई ‘अवे’ गोलको मद्दतले ओलम्पियाकोस अर्को चरणमा उक्लियो ।

गएराती सम्पन्न खेलहरुपछि स्पेनको गेटाफे, डेनमार्कको एफ.सी कोपनहेगन, इटालीको इन्टर मिलान र एएस रोमा, जर्मनीको बायर लिभरकुजेन र वुल्फवर्ग तथा स्विट्जरल्याण्डको एफ.सी बाजल पनि राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेका छन् ।