१५ चैत्र २०८०, बिहीबार
Follow Us

मिश्रलाई जेल हाल्ने भन्दै बास्कोटाले दायर गरे गाली बेइज्जती मुद्दा

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७६, शुक्रबार १९:२३

काठमाडौं- सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन ‘डिलिङ’ गरेको अडियो बाहिरिएपछि राजीनामा दिएका पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा झुटो आरोप लगाइएको भन्दै अदालत पुगेका छन्। उनले आफ्ना प्रतिनिधि मार्फत विजय मिश्रविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका हुन्।

मुद्दा दायर गरेपछि बास्कोटाले ट्वीटरमा लेखेका छन्, ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु। धन्यवाद।’