७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए युगान्डाद्वारा रक्तदान

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७६, शुक्रबार १९:२६

कम्पला । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) युगान्डाले रक्तदान गरेको छ । संघले फेब्रुवरी १६ तारिख सोमबारका दिन कम्पालामा दोस्रो पटक रक्तदान कार्यक्रम आयोजना गरेको हो।

युगान्डा सरकारको रक्त सञ्चार केन्द्रको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा १ सय २२ जना रक्तदाताले रगत दान गरेको एनआरएनए युगान्डाका अध्यक्ष बिनोद थापाले जानकारी गराएका छन् ।