७ बैशाख २०८१, शुक्रबार
Follow Us

सचिव घुस सहित पक्राउ

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७६, शुक्रबार १९:२९

धनुषाको धनौजी गाउँपालिकामा कार्यरत एक सचिव घुस सहित पक्राउ परेको छ ।
धनौजी गाउपालका वडा नम्बर २ को वडा कार्यालयमा कार्यरत वडा सचिव (खरिदार) सुशिल ठाकुरले जन्म प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको एक टोलीले पक्राउ गरेको हो ।
वडा सचिव सुशिल ठाकुरलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा वडा कार्यकक्षबाट नियन्त्रणमा लुएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दुए ।
घुस सहित पक्राउ परेका सचिव ठाकुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।