४ बैशाख २०८१, मंगलवार
Follow Us

उपत्यकामा माक्स अभाव, फार्मेसीले लेखेर टाँसे- ‘नो मास्क सरी’

नेपालब्रिटेन संवाददाता
१७ फाल्गुन २०७६, शनिबार ०५:०४

काठमाडौं । धुँवा धुलोबाट बच्न सर्वसाधारणले प्रयोग गर्ने माक्स काठमाडौं उपत्यकामा अभाव हुन थालेको छ । केही समय अघिसम्म सामान्य मूल्यमा पाइने मास्क अहिले मंहगोमा किन्न खोज्दा पनि मास्क पाइदैन । कोरोना संक्रमण विश्वब्यापी बढ्दै गएपछि नेपाली बजारमा सर्जिकल मास्क पाइनै छोडेको हो ।

प्राणघातक कोरोना भाइरस कोविड १९ ले उत्तरको छिमेकी चीनलाई आफ्नो प्रभावमा लपेट्दा यस्को संक्रमण विश्वका धेरै राष्ट्रमा फैलिन थालिसकेको छ । छिमेकी भएको नाताले मात्र नभइ नेपालमा चिनियाँ पर्यटकको निरन्तर आगमन र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कारोना परीक्षणको फितलो व्यवस्थापनका कारण पनि नेपाल सचेत बन्नु पर्ने अवस्थामा काठमाडौं उपत्यकाका बजारबाट मास्क अभाव भएको जानकारहरु बताउँछन् ।

मास्क खोज्दै दिनकै हजारौ सर्बसाधारण आउन थालेपछि कतिपय फार्मेसीले ‘नो मास्क सरी’ लेखेरै टाँसेको भेटियो । सरकारी अस्पतालको फार्मेसीमा समेत मास्क भेटिएन ।

कोरोना भाइरसबाट बच्ने बिभिन उपाय मध्ये एउटा उपाय मास्क प्रयोग गर्नु भन्ने छ तर यत्तिबेला नेपाली बजारमा भाइरस प्रतिरोधी मात्र नभइ सामान्य मास्क पनि पाइदैन । नेपालमा सर्जिकल मास्क उत्पादन हुने दुइवटा कम्पनी मात्र रहेको ति कम्पनीले पनि नेपाली बजारमा मास्क नपठाएको ब्यापारीहरुको भनाइ छ ।