८ बैशाख २०८१, शनिबार
Follow Us

क्वारेन्टाइनमा राखिएका नेपालीको आज अन्तिम पटक स्वास्थ्य परीक्षण

नेपालब्रिटेन संवाददाता
१७ फाल्गुन २०७६, शनिबार ०७:५०

काठमाडौं । कोरोना संक्रमणको केन्द्र मानिएको चीनको वुहानवाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १ सय ९३ जनालाई १७ दिनमा मात्रै घर फर्काइने भएको छ । भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १ सय ७५ र नगरकोटको खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका चालकसहित १८ जनाले आजसम्म क्वारेन्टाइनमा १४ दिन बिताएका छन् ।

आज अन्तिम पटक क्वारेन्टाइनमा राखिएका सबैको नाक र घाँटीको स्वाब नमुना सङ्कलन गरी परीक्षण गरेर त्यसको नतिजा आएपछि मात्रै क्वारेन्टाइनमा राखिनेलाई घर फर्काइने भएको हो ।

यसअघि ४ गते नै गरिएको परीक्षणमा कसैमा पनि कोरोनाको सङ्क्रमण देखिएको थिएन । स्वाबको राष्ट्रिय प्रयोगशालामा परीक्षण गरी आउने रिपोर्ट नेगेटिभ देखिएपछि मात्रै क्वारेन्टाइनमा रहेका घर फर्कन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।