१३ बैशाख २०८१, बिहीबार
Follow Us

सञ्चार मन्त्रालयका सबै खरिद प्रक्रियाबारे अख्तियारले छानवीन गर्ने

नेपालब्रिटेन संवाददाता
१७ फाल्गुन २०७६, शनिबार १५:३४

काठामाडौं । पछिल्लो समय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट भएका सबै किसिमका खरिद प्रक्रियाबारे अख्तिारले छानवीन गर्ने भएको छ । निवर्तमान सञ्चार मन्त्री गोकूल बाँस्कोटाको कमिशनसम्बन्धी श्रव्य सामग्री सार्वजनिक भएपछि अख्तियारले अनुसन्धानको सूई सन्चार मन्त्रालयतर्फ सोझ्याएको हो ।

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको कमिशन सम्बनधी श्रव्य सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध पनि उजुरी परेपछि अख्तियार केही सक्रिय भएको हो । यही प्रकरणमा बाँस्कोटा सहित मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विकल पौडेलविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा अख्तियारमा उजुरी परेको छ । योसँगै सोही मन्त्रालयबाट भएका र हुने प्रक्रियामा रहेका स्याटलाईट खरिद, फोर जी, विद्यालय तथा सबै गाउँ तथा नगरपालिकाका वडाहरुमा इन्टरनेट सेवा पु¥याउने लगायतका विषय पनि जोडिएर आएका छन् । यसमा पनि भ्रष्टाचार भएको हुनसक्ने आशंकामा अख्तियारले अनुसन्धान अघि बढाएको छ ।

यही बीचमा श्रव्य सामग्री सार्वजनिक भएपछि आफ्नो मानहानी भएको दाबी गर्दै तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा श्रव्य सामग्री सार्वजनिक गर्ने विजय मिश्रविरुद्ध अदालत पुगेका छन् । यसले अनुसन्धानमा के कस्तो असर पार्छ भन्ने कुरा अधिकारीहरुले बताएका छैनन् । तर कतिपयले बाँस्कोटाको यो कदमलाई बठ्याइँ र अनुसन्धानको ध्यान अन्यत्र मोड्ने प्रयासका रूपमा अर्थ्याएका छन ।

बाँस्कोटा जे दाबीका साथ अदालत गएका छन्, यसमा उनले आफ्नो श्रव्य नभएको भनेका छैनन् । यस मुद्धामा अदालतको पैmसला उनकै पक्षमा आदिए पनि भ्रष्टाचारयो फर्जी अडियो हो, मेरो आवाज होइन छानबिन गरिपाउँ’ भन्न बाँस्कोटाले पनि सक्थे । आजसम्म उनले किटेर अडियोको आवाज आफ्नो होइन भन्न सकेका छैनन्। राजीनामा दिइसकेपछि विषयान्तर गर्ने, आममानिसलाई भ्रममा पार्ने र सम्भवतस् छानबिन प्रभावित पार्ने उनको उद्देश्य हुन सक्छ ।