१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दिल्लीको जनजीवन सामान्य बन्दै

नेपालब्रिटेन संवाददाता
१७ फाल्गुन २०७६, शनिबार १५:४४

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा भडकिएको हिंसामा ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । हिंसा भडकिएको उत्तरपुर्वी दिल्लीको अवस्था विस्तारै सामान्य हुन थालेको छ । भारतीय समाचार संस्थाहरुका अनुसार हिंसाग्रस्त क्षेत्रका पसलहरु विस्तारै खुल्न थालेका छन भने जनजीवन विस्तारै सामान्य बन्न थालेको छ ।

उता, भडकाउ भाषण दिएको आरोपमा प्रहरीले काँग्रेसका पार्षद इसरत जहाँलाई नियन्त्रणमा लिएको छ भने विभिन्न स्थानमा नाराबाजी गरेका केही युवालाई समेत प्रहरीले पक्राउ गरेको छ । यसैगरी दिल्ली हिंसासँग संलग्न रहेको ६३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको भने विभिन्न व्यक्ति विरुद्ध १२३ वटा उजुरी परेका छन । यद्यपी नागरिकता संबन्धि कानुनको विरोध र समर्थनमा शनिबार पनि विभिन्न स्थानमा प्रदर्शन भएको छ ।

उता, भारतका प्रमुख इमाम अहमद इलयासीले नागरिकता संबन्धि कानुनमा भारतमा मुलमानसँग कुनै विभेद नगरिएको बताएका छन । जेनेवामा युरोपेली युनियनका प्रतिनिधिहरुसँगको छलफलमा उनले भारतमा हिन्दु र मुसलमान दुवै सम्मानजनक अवस्थामा बसिरहेको उल्लेख गर्दै आफनो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न पाकिस्तानलाई चेतावनी समेत दिएका छन ।