८ बैशाख २०८१, शनिबार
Follow Us

लिभरपुलको अपराजित यात्रा टुंगियो

नेपालब्रिटेन संवाददाता
१८ फाल्गुन २०७६, आईतवार ०३:५०

लन्डन । इङलिस प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा टुंगिएको छ । गएराति भएको खेलमा लिभरपुलले सिजनको पहिलो हार ब्यहोरेको हो । रेलिगेशन जोन नजिकै रहेको वाटफोर्डले लिभरपुललाई ३-० ले हराएको हो ।

वाटफोर्डका लागि कप्तान ट्रोय डेनीले एक तथा ईस्माइला सर्रले दुई गोल गरे । लिभरपुल प्रिमियर लिगका पछिल्ला १८ खेलमा अपराजित थियो । राति नै भएको अर्को खेलमा चेल्सी र बर्नमाउथले दुई–दुईको बराबरी खेल्दै अंक बाँडेका छन् । वेस्ट ह्यामले साउथ ह्यामटनलाई तीन एक तथा क्रिस्टल प्यालेसले ब्राइटनलाई एक शुन्यले हराएको छ ।

न्युक्यासल र बर्नलीको खेल गोल रहित बराबरीमा टुंगिएको छ । गएरातिका खेलपछि २८ खेलबाट ७९ अंक सहित लिभरपुल शिर्ष स्थानमा छ । २७ खेलवाट ५७ अंक सहित म्यानचेष्टर सिटी दोस्रो र २८ खेलवाट ५० अंक सहित लेस्टर सिटी तेस्रो स्थानमा छ ।