१३ बैशाख २०८१, बिहीबार
Follow Us

एकाबिहानै ५.६ म्याग्निच्यूडको भूकम्प

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७३, सोमबार ०५:४८

काठमाडौं । रामेछाप र सोलुखुम्बुको सिमाना नजिक केन्द्रविन्दू भएर सोमबार एकाबिहानै भूकम्प गएको छ । बिहान ५ बजेर २० मिनेटमा ५.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का राजधानीमा समेत महसुस भएको थियो ।
गत वर्ष वैशाख १२ मा गएको शक्तिशाली भूकम्पको पराकम्प आउने क्रम अझै रोकिएको छैन । सोमबार बिहान गएको भूकम्प पनि पराकम्प आउने क्रमकै निरन्तरता भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।