१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गाईभैँसीलाई हानेको भ्याक्सिन युवतीमाथि……

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७६, आईतवार १९:१६

काठमाडौं । नवलपरासी (पूर्व) जिल्लाको देवचुली नगरपालिकाका–१६ की जनप्रतिनिधि (महिला वडा सदस्य) जानकी गुरौ लामिछानेले भैसीलाई खोप लगाउँदा एक युवतीमाथि खोप लागेको छ ।

बिहीबार दिउँसो १२ बजे जनप्रतिनिधि लामिछाने गाईभैँसीलाई खोरेतको खोप लगाउन उक्त युवतीको घर पुगेकी थिइन् ।

पीडित युवतीका अनुसार जनप्रतिनिधि लामिछानेसँग भ्याक्सिन लगाउने लाइसेन्स नभएको र भेटनरी डाक्टर उनका श्रीमान् हुन् ।

पीडित युवतीका अनुसार लामिछानेले भैंसीलाई जबरजस्ती भ्याक्सिन हान्दा ती युवतीको हातमा भ्याक्सिन लागेर चोट लागेको छ ।
युवतीले बिहीबार, शुक्रबार र शनिबार अपर्हान् सम्म पहल गर्दा पनि लामिछानेले कुनै चासो नदेखाएपछि उनी शनिबार सामाजिक सञ्जालमार्फत लाइभमा आएकी थिइन् ।

पीडित युवतीले शुक्रबार साँझ उनीमाथि भएको घटनाबारे जानकारी गराउँदै फेसबुकमा स्ट्याटस लेखेपछि लामिछाने र उनका छोराले उनलाई धम्कीसमेत दिएको दाबी गरेकी छिन् ।

पीडित युवतीले आफूलाई न्याय दिलाइदिन माग गर्दै प्रहरीसमक्ष उजुरी समेत दिएकी छिन् ।