१६ चैत्र २०८०, शुक्रबार
Follow Us

धुर्मुस–सुन्तलीको ‘सेन्टी भाइरस’ अल्डरशटमा प्रर्दशन हुने

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७६, आईतवार २२:३७

लन्डन ।सिताराम कट्टेल र कुञ्जना घिमिरेको मुख्य भूमिका रहेको चलचित्र ‘सेन्टी भाइरस’को वेलायतमा प्रर्दशन हुने भएको छ ।

केही दिन अगाडि मात्र नेपालमा रिलिज भएको सो चलचित्रलाई मार्च २९, तारिख, साँझ ५ बजे पछि अल्डरशटस्थित एम्पाएर हलमा प्रर्दशन गर्ने तयारी गरिएको हो ।
चलचित्रमा दयाहाङ राई, वुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दिपक आचार्यको लेखन रहेको चलचित्रमा कुमार महर्जनको एक्सन, शैलेन्द्र डी कार्कीको छायांकन छ ।