१३ बैशाख २०८१, बिहीबार
Follow Us

रियल मड्रिडसँग बार्सिलोना पराजित

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०७६, सोमबार ०४:११

म्याड्रिड । स्पेनिस एल क्लासिको फुटबलमा रियल मड्रिडले बार्सिलोनालाई हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियलले चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा भिनिसियस जुनियर र मारियानोले एक–एक गोल गरे ।

जितसँगै रियल मड्रिड लिगको शीर्ष स्थानमा उक्लेको छ । गएरातिका खेलपछि रियल २६ खेलबाट ५६ अंक सहित तालिकाको शीर्ष स्थानमा फर्किएको छ । बार्सिलोना ५५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

राति नै भएको खेलमा ओसासुनालाई ३–२ ले पराजित गरेको सेभिल्ला २६ खेलबाट ४६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । यस्तै मालोर्कालाई १–० ले पराजित गरेको गेटाफे ४५ अंकसहित चौथो स्थानमा पुगेको छ ।

स्पानियोलसँग १–१ को बराबरीमा रोकिएको एथ्लेटिको मड्रिड पाँचौँ स्थानमा झरेको छ । अर्को खेलमा एथ्लेटिको बिल्बाओले भिल्लारियललाई १–० ले पराजित गरेको छ ।