१३ बैशाख २०८१, बिहीबार
Follow Us

बागलुङ एमालेको अध्यक्षमा ५ आकाँक्षी

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७३, सोमबार ०७:४०

बागलुङ । नेकपा एमालेको ८ औं जिल्ला अधिवेसन यही मंसिर २५ गते देखि २७ गते सम्म हुने भएपछि नयाँ नेतृत्वको बहसले बजार तात्न थालेको छ । संविधानसभाको दोश्रो निर्वाचनमा जिल्लाका तिनवटै निर्वाचन क्षेत्रमा कांग्रेसले जीत हासिल गरेपनि एमाले ससक्त प्रतिपक्षको रुपमा रहेको भन्दै एमालेका अगुवाले पहिलो पार्टी बनाउने लक्ष सहित अगाडि बढ्ने दावी गर्न थालेका छन् । संम्भावित उमेदवारहरुले सके सर्वसम्मत र नभए निर्वाचनमा गएपनि पार्टीलाइ एक बनाएर आगामी निर्वाचनहरु आफ्नो पक्षमा पार्ने लक्ष बनाएको बताए ।

एमाले जिल्ला अधिवेसनमा जिल्ला भरका कार्यकर्ताबाट अगुवा कार्यकर्ताको रुपमा अधिवेसनका लागि ६ सय ३९ जना प्रतिनिधि छनौट हुने छन् । ती प्रतिनिधिले निर्वाचन वा सर्वसम्मत रुपमा गर्ने निर्णयले आगामी पार्टी नेतृत्वको चयन गर्नेछ । सातौं अधिवेसन देखि अहिलेसम्म भएका कामको समिक्षा गर्दै आगामी कार्यदिशा र रणनीति तय गर्ने गरी अधिवेसन सम्पन्न हुने नेतृत्वको धारणा छ । नेतृत्वको आकांक्षी धेरै भएपनि सर्वसम्मत गरेर सबैलाइ जिम्मेवारीमा ल्याउने काममा धेरैको एक मत छ ।

जिल्लाको नेतृत्वका लागि अहिलेसम्म इन्द्रलाल सापकोटा, जनक पौडेल, कृष्ण पाठक, नरवहादुर थापा र हिराबहादुर केसीको नाम चर्चामा छ ।