१५ चैत्र २०८०, बिहीबार
Follow Us

गायक तथा सर्जक डागीको “कति माया गर्छु” बजारमा

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७३, सोमबार ०८:३७

कुमार “अविरल” पन्थी
बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुतिमा सर्जक तथा गायक मधु सुधन डागीको लोक तथा दोहोरी गीति एल्बम “कति माया गर्छु” बजारमा आएको छ । उक्त गित युट्युब मार्फत सार्वजनिक भएको हो ।

पछिल्लो समय नेपाली गित सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई बढी प्राथमिकता दिएर गितहरु तयार हुने गरेका छन । अझ भन्नुपर्दा नेपाली बजारमा एल्वम त बिक्नै छोडे, यति सम्म भयो कि भिडियो नबनाए सम्म कुनै पनि गित मिडियामा बज्दैनन । यतिबेला केवल युट्युवको भरमा नेपाली कलाकारहरुले आफ्नो दैनिकी चलाई रहेका छन ।

नेपाली सङ्गीत बजार ओरालो लागेतापनि नया कलाकार भित्रिने र कलाकारहरुले आफ्ना दर्शक श्रोताहरुको रोजाई एवम माग अनुसारका गितहरु बजारमा पस्किने क्रम भने तीव्र गतिमा चलिरहेको छ । भर्खरै मात्र सार्वजनिक गरिएको “कति माया गर्छु” बोलको गीतमा पूर्ण रुपमा माया प्रेमका कुरा गरिएको छ ।

“कति माया गर्छु” बोलको गीतमा छोटो समयमा एक दर्जन भन्दा बढी लोक दोहोरी तथा आधुनिक गीतमा शब्द सृजना गरी सकेका सर्जक तथा गायक मधु सुधन डागीको शब्द रहेको छ । उक्त गीतमा पछिल्लो समय चर्चामा रहेका गायक मेक्सम खाति र लोकप्रिय गायिका देबि घर्तिको आवाज रहेको छ ।

यतिबेला बजारमा सबत्र चर्चा बटुल्न सफल गित “कति माया गर्छु” बोलको गीतमा सर्जक नरेश खातीको लय रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको भिडियोमा मोडल बुद्धबिर र सारिका के.सि.ले अभिनय गरेका छन् ।

भिडियोलाई मुकेस हुमाइगाइले छायाँकन तथा मिलन बि.क.ले सम्पादन गरेका हुन । कति माया गर्छु बोलको गितलाई वसन्त फिल्मस प्रालीले बजार व्यवस्थापन गरेको हो।