June 6, 2020
9:32 AM | 2:17 PM

थाइल्याण्डले नेपाललाई दियो ६७ रनको लक्ष्य

  4th March 2020 मा प्रकाशित

काठमाडौं । एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा घरेलु टोली थाइल्याण्डले नेपाललाई ६७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा सबैविकेट गुमाएर ६६ रन बनायो । थाइल्याण्डका हेनन जोर्डन सर्वाधिक १३ रन बनाएर आउट हुँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । ३ जना खेलाडी रन आउट भए ।

नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट लिँदा अबिशनाश बोहोराले २ विकेट लिए । यसैगरी सन्दीप लामिछाने र भुवन कार्कीको नाममा एक एक विकेट रह्यो । भुवनले आजै डेब्यु पनि गरेका हुन् । नेपालका ६ जनाले थाइल्याण्डविरुद्ध बलिङ गरे । करण केसीले ४ ओभर बलिङ गर्दा १२ रन खर्चिएर तीन विकेट लिए । यसैगरी अबिनाशले ४ ओभर बलिङ गर्दा २३ रन दिएर २ विकेट लिए ।

सन्दीपले ४ ओभरमा ९ रन खर्चिएर १ विकेट लिए भने भुवन कार्कीले ४ ओभरमा ६ रन खर्चिदैं एक विकेट लिए । पारस खड्काले २ ओभरमा ३ रन दिए भने कुशल मल्ले २ ओभरमा ४ रन खर्चिएका थिए ।

प्रतिक्रिया