१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस विवाद मिलाउन नेता पौडेल जापानमा

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७३, सोमबार ०९:०१

लन्डन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल जापान पुगेका छन् । सोमबार टोकियो बिमानस्थलमा उत्रिएका पौडेलको स्वागतका लागि त्यहाँस्थित नेपाली जनसम्पर्क समितिका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती थियो । पौडेलको स्वागतका लागि जापानका लागि कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल विमान स्थलपुगेका थिए ।

पौडेलले नेपाली जनसम्पर्क समिति जापानको आयोजिनामा हुने बिषेश अन्तरकृया कार्यक्रममा भाग लिने छन् । पौडेल एक हप्ता सम्म जापानमा रहने कांग्रेस महाअधिवेसन सदस्य चिरन्जीबी थापाले जानकारी दिए ।

पौडेलको भ्रमणकाक्रममा लामो समय देखी विवादस्पतद रहेको नेपाली जनसम्पर्क समिति जापानको विवाद मिलाउने प्रयास हुने कांग्रेस नेता रोसन केसीले बताए । पौडेलले आजै सबै पक्षसँग छलफल गरेर विवाद टुग्गाउन प्रयास गर्ने छन् ।
15207832_10211624692396344_1719606844_n

15226365_10154746537459282_601800750_n

15281106_10211624683676126_1669475364_n