७ बैशाख २०८१, शुक्रबार
Follow Us

आहा रारा गोल्डकपको १८ औं संस्करण आजबाट शुरु हुँदै

नेपालब्रिटेन संवाददाता
२२ फाल्गुन २०७६, बिहीबार ०७:२३

पोखरा । आहा रारा गोल्डकपको १८ औं संस्करण आजबाट शुरु हुँदैछ । पोखरा रंगशालामा आज उदघाटन खेलमा आयोजक सहारा क्लव र काठमाडौंको ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ । सहारा क्लबले आयोजना गरेको प्रतियोगिता चैत १ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा आयोजक, ब्रिगेड सहित नेपाल पुलिस, गान्तोक सिटी भारत, थ्री स्टार र मनाङ मस्र्याङ्दी क्लबले सहभागिता जनाउँदैछन् । त्यस्तै नेपाल एपीएफ क्लब, झापा एघार, संकटा क्लब र त्रिभुवन आर्मीले पनि उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दश टिममध्य विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ मस्याङ्दी क्लब भने सोझै बाइ पाएर क्वाटरफाइनल पुगेका छन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पुरकार प्राप्त गर्नेछ । प्रतियोगिताबाट बचत हुने पैसा क्लबबाट सञ्चालित सहारा एकेडेमीमा खर्च गरिने बताइएको छ ।