१४ बैशाख २०८१, शुक्रबार
Follow Us

टर्कीको संसद बैठकमै सांसदहरुबीच कुटाकुट (भिडियो)

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७६, बिहीबार १३:४८

अंकारा : टर्कीको संसद बैठक चलिरहँदा विवाद भएपछि सांसदहरु कुटपिटमै उत्रिएका छन् । एकजना प्रतिपक्षी सांसदले राष्ट्रपति रिसेप तायीप एर्दोगानको आलोचना गरेपछि विवाद चर्किएको हो । प्रतिपक्षी दलका सांसद एन्जिन ओजकोकले सिरियामा मारिएका सिपाहीको अपमान गरेको आरोप लगाउँदै कडा आलोचना गरेपछि दर्जनौँ सांसदहरु उनलाई कुटपिट गर्न उत्रिएका थिए ।

झगडाको क्रममा केही सांसदले त कुर्सीमाथि टेकेर मुड्की प्रहार गरेका थिए । केहीले भने रोक्ने प्रयास गरे । केही सांसद त हुलमुलमा भुइँमा समेत पल्टिएका थिए । टर्किस संसदको झगडाको भिडिओ फुटेज समेत सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

राष्ट्रपतिको आलोचना गर्ने सांसद एन्जिन ओजकोक रिपब्लिक पिपल्स पार्टीका प्रतिनिधि हुन् । जसले राष्ट्रपति एर्दोगनलाई सिरियाको इडलिबमा गत साता मारिएका सिपाहीको अपमान गरेको भन्दै पत्रकार सम्मेलन समेत गरेका थिए ।

उनले राष्ट्रपतिविरुद्ध लड्न टिर्कस जनताका छोराछोरीलाई पठाइदिन समेत आग्रह गर्दै संसद बैठकमा कडा आलोचना गरेका थिए । संसदका प्रवक्ता मुस्तफा सेन्तोपले ती सांसदको अभिव्यक्तिलाई रोकेका थिए ।

टर्कीले २०१८ मा रुससँग सम्झौता गरे अनुरुप सिरियाली फौजलाई सहयोग गर्दैआएको छ । प्रतिपक्षी दलले भने सिरियाली युद्धलाई लिएर सरकारको आलोचना गर्दैआएको छ ।