१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए अध्यक्ष पन्तलाई वेलायतमा रेड कार्पेट (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७६, शुक्रबार ०१:२७

लन्डन । गैरआवासीय नेपाली संघ (एनआएनए) का अध्यक्ष कुमार पन्तलाई वेलायतमा रेड कार्पेटले स्वागत गरिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सवमा सहभागी हुन् वेलायत आएका पन्तलाई अल्डरशटस्थित एम्पायर हलमा विहिवार साँझ आयोजित एक विशेष समारोहमा उक्त स्वागत गरिएको हो ।
पन्त, साँझ ७ बजे संघका महासचिव डा. हेम राज शर्मा, युरोप उपसंयोजक कृष्ण तिमल्सीना, आइसीसी सदस्यहरु, संघका पदाधिकारी सहित कार्यक्रम स्थलमा पुगेका थिए । कार्यक्रमका प्रमुखअतिथि नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरन रहेका छन् ।

उनलाई गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङ्ग, कार्यक्रम संयोजक रामशरण सिमखडा लगायत कार्यसमितिका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

समारोहमा संस्थापकहरु, बिभिन्न संघसँस्थाका प्रतिनिधीहरु, केन्द्रीय पदाधिकारीहरु, पूर्वपदाधिकारीहरु, सल्लाहाकार, केन्द्रीय पार्षद लगायतको बाक्लो उपस्थिती छ ।