१५ चैत्र २०८०, बिहीबार
Follow Us

पूर्वराजा ज्ञानेन्द्रले चीनमा क–कसलाई भेटे ?

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७३, सोमबार १३:३६

काठमाडौं । चीनको महत्वपूर्ण भेटघाट पूरा गरि पूर्व राजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् । सिंगापुर हुँदै चीन पुगेका शाहले महत्वपूर्ण भेटघाट गरेका छन् । देशमा राजनीतिक मुद्दाहरु सम्बोधन हुन नसकेको अवस्थामा वुहारी हिमानी शाहलाई साथ लिएर उनले चीनका महत्वपूर्ण व्यतित्वसँग भेट गरेका हुन् ।
१० दिने लामो चीन भ्रमणका क्रममा पूर्व राजा शाहले चिनका पूर्वराष्ट्रपति हुँ जिन ताओ, सीपीसीका भेट्रान लिडरहरु लिऊ,हुँ, चिनियाँ राष्ट्रपति सी जिङ पिङका सल्लाहाकार प्रा. लि, अफिसियल थिङ ट्याङक सुलि फिङ, सी सान्थाओ लगायतलाई भेटेका हुन् । भेटका क्रममा पूर्व राजा शाहले देशको विग्रदो अवस्थाबारे चिन्ता व्यक्त गर्दै छिमेकी देशहरुका बारेमा समेत चासो व्यक्त गरेको बताइएको छ । पूर्व राजा शाह सत्ताबाट हटेपछि चीनका उच्च पदस्त अधिकारीहरुसँग भेट भएको यो नै पहिलो पटक हो ।