१३ बैशाख २०८१, बिहीबार
Follow Us

शिव मन्दिर बनाउन ५८ हजार पाउण्ड संकलन

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७३, सोमबार १६:०९

लन्डन । बेलायतमा शिवको मन्दिर बनाउन एकै दिनमा ५८ हजार पाउण्ड संकलन भएको छ । शिव कल्चर एण्ड कम्युनिटी सेन्टरको आयोजनामा आइतवार अल्डरशटमा सम्पन्न च्यारिटी डिनरमा उक्त रकम उठेको हो । कम्युनिटी सेन्टरका अध्यक्ष सुनितजङ्ग जयनको अध्यक्षतामा भएको सो कार्यक्रममा जीव बेलवासेले स्वागत मन्तब्य दिएका थिए । रोहित गुरुङले संचालन गरेको कार्यक्रममा महासचिव सूर्य उपाध्यायले शिव मन्दिरको निमार्णका लागि प्रस्तावित परियोजनाका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली सँघको यूरोप संयोजक कुल आचार्य, सल्लाहाकार विश्वआर्दश पण्डित नेपाली दूतावास लन्डनका प्रतिनिधी तेजेन्द्र रेग्मी लगायतले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रमलाई सफल बनाउन बिक्रम भट्टराईले सकृय भूमिका निर्वाह गरेका थिए ।
2