७ बैशाख २०८१, शुक्रबार
Follow Us

चर्चित हलिउड चलचित्र निर्माता हार्भीलाई २३ बर्ष जेल सजाय

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०७६, बिहीबार ०४:५७

न्यूयोर्क । अमेरिकाको एक अदालतले बलात्कार र यौन आक्रमणका मुद्दामा दोषी ठहर गरिएका चर्चित हलिउड चलचित्र निर्माता हार्भी वाइन्स्टिनलाई २३ वर्षको कैद सजाय सुनाएको छ। हलिउडमा सबैभन्दा शक्तिशाली व्यक्ति रहेका वाइन्स्टिन गत महिना बालात्कार र यौन आक्रमणका अभियोगमा दोषी पाइएका थिए ।

न्युयोर्कको अदालतको फैसलालाई मीटू भनिने विश्वव्यापी महिला आन्दोलनका अभियन्ताहरूले स्वागत गरेका छन्। अदालतमा बयानमा क्रममा उमेर र चलचित्र उद्योगमा उनको योगदानलाई कदर गर्दै सजाय घटाउनु पर्ने माग वाइन्स्टिनका वकिलहरूले गरेका थिए ।

तर अभियोजनकर्ताले उनीविरुद्धको सजाय उनले अरूलाई गरेको शोषणको सही जबाफ भएको तर्क गरेका थिए । वाइन्स्टिनविरुद्ध कैयौँ यौन दुर्व्यवहारका आरोपहरू लागेका थिए ।

त्यसैबाट प्रभावित भएर यौन दुर्व्यवहारविरुद्ध विश्वव्यापी मीटू अभियान सुरु भएको थियो । उनले भने आफूले सहमतिमा मात्र शारीरिक सम्बन्ध राखेको बताउँदै आएका थिए ।