१२ बैशाख २०८१, बुधबार
Follow Us

कोरोना पिडितलाई कर छुट र सहुलियत दरमा ऋण दिन सांसद पाठकको माग

नेपालब्रिटेन डट कम्
१ चैत्र २०७६, शनिबार २१:४४

काठमाण्डौं । कोरोना भाइरस पिडितको लागि विषेश प्याकेज घोषणा गर्न संघिय सांसद डा. सूर्य पाठकले माग गरेका छन् ।

पाठकले शनिवार आफ्नो फेसबुक टाइमलाइन मार्फत कोरोना भाइरसको कारण नेपाली अर्थव्यबस्थामा ठूलो प्रभाव पार्न सक्ने वताउँदै साना र मझौला उधोगमा आर्थिक संकट आउने वताएका छन् ।

पाठकले साना, मझौला र पर्यटन उधोगमा तत्काल विषेश आर्थिक प्याकेजको घोषणा गर्न सुझाव दिए । उनले विषेश परिस्थितिको कारण न्युन ब्याज दरमा ऋणको ब्यबस्था गर्न, करमा छुट दिने, रोजगारी गुमाएका कर्मचारीको लागी उचित व्यवस्था हुनु पर्ने वताएका छन् । पाठकले विकास बजेट समयमै खर्च गर्न समेत सुझाव दिएका छन् ।