११ बैशाख २०८१, मंगलवार
Follow Us

स्पेनमा संकटकाल : बेलायतबाट उडेका ५ विमान बीचबाटै फर्किए

नेपालब्रिटेन डट कम्
१ चैत्र २०७६, शनिबार २२:१२

कोरोनाको संक्रमण फैलिएसँगै स्पेन सरकारले आफ्‍नो देशमा विमान अवतरणमा रोक लगाएको छ । शनिबार बेलायतबाट स्पेन उडेका ब्रिटिस ट्राभल कम्पनी जेट २ का ५ विमान स्पेन अवतरण नगरी फर्किएका हुन् ।

स्पेनी सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बेलियारिक र क्यानेरी टापुमा विमान अवतरणमा रोक लगाएसँगै ती विमान बीचबाटै फर्किएका हुन् ।

फ्लाइट राइडर २४ का अनुसार यूकेबाट स्पेनको मालागा र एलिसेन्ट उडेका जेट २ कातीविमान शनिबार बीचबाट नै फर्काइएका थिए ।

स्पेनले विमान अवतरण रोक्‍ने निर्णय गरेसँगै जेट २ ले उक्त नियम पालना गरेको जनाइएको छ ।’हामीले स्पेनको बेलियारिक र क्यानेरी टापु जाने सबै उडानहरु स्थगित गरेका छौँ,’ जेट २ का प्रवक्ताले सीएननलाई भने,’यात्रुको स्वास्थ्य र सुरक्षा एयरलायन्सको पहिलो प्राथमिकता हो ।’

गत बिहीबार स्पेनी प्रधानमन्त्री पेड्रो सेन्चेजले कोरोनाका कारण देखाउँदै मुलुकमा १५ दिने संकटकाल घोषणा गरेका थिए । स्पेनका विभिन्‍न राज्य तथा सहरहरुमा भेला गर्नमा रोक लगाइएको छ । यस्तै, रेस्टुरेन्ट तथा तटीय क्षेत्रहरु पनि बन्दछन् ।