१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०७६, आईतवार ०४:५१

लन्डन । बेलायतमा कोरोना भाइरस को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक दिनमै दोब्बर भएको छ । भाइरसबाट हालसम्म बेलायतमा २१ जनाको मृत्यु भएको छ । एकदिन अघिसम्म यो संख्या ११ मात्रै थियो ।

मृत्यु हुने सवै संक्रमण भएका ‘जोखिमयुक्त समूह’का व्यक्तिहरु भएको बताइएको छ । कोरोना पछिल्लो समय युरोपमा भयावह रुपमा फैलिरहेको छ । भाइरस संक्रमणबाट ५ हजार ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण यतिबेला विश्वभर १४९ देशमा फैलिएको छ । यसबाट करिब डेढ लाख मानिसहरु संक्रमित भएको पुष्टि भएको छ । हालसम्म १ लाख ४८ हजार ९ सय ६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

चीनमा अहिलेसम्म ८० हजार भन्दा बढीमा संक्रमण देखिएको छ, जसमध्ये ३ हजार १ सय ८९ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् । इटालीमा १७ हजार ६ सय ६० जनामा कोरोनाको संक्रमण भएको पुष्टी भएको छ भने १ हजार २ सय ६६ जनाले ज्यान गुमाएका छन् ।

यस्तै इरानमा पनि कोरोनाको संक्रमण उच्च देखिएको छ । इरानमा कोरोनाको संक्रमणबाट ६ सय ११ जनाको मृत्यु भएको छ भने १२ हजार ७ सय २९ जनामा संक्रमण देखिएको छ । स्पेनमा १३६, दक्षिण कोरियामा ७२, फ्रान्समा ७९, अमेरिकामा ५०, स्वीट्जरल्याण्डमा १३ र जर्मनीमा ८ जनाका कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।