१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डनमा भर्खरै जन्मिएको बच्चामा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०७६, आईतवार १२:५६

लण्डन । लण्डनमा भर्खरै जन्मिएको बच्चामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमण भएकी आमाले जन्म दिएपछि उक्त बच्चामा संक्रमण भएको बताइएको छ ।

उक्त बच्चाकी आमा केही दिन अघि निमोनियाको आशंकामा अस्पताल भर्ना भएकी थिइन् । तर, जब उनले बच्चालाई जन्म दिइन् तब मात्र आमा र बच्चा दुवैमा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालले जानकारी दिएको छ । आमा र बच्चाको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । बच्चाको लण्डनस्थित नर्थ मिडलसेक्स अस्पतालमा उपचार भइरहेको छ भने आमाको स्पेसियालिस्ट इन्फेक्सन अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका अनुसार उक्त बच्चाको उपचार भइरहेको र उनी खतरामुक्त भइसकेका छन् । बच्चालाई रुघा र खोकी लागेको पाइएपछि जन्मिएको केही मिनेटमै कोरोना संक्रमणको जाँच गरिएको थियो । जसबाट उनमा संक्रमण भएको पुष्टि भएको हो । विश्वमै कम उमेरमा कोरोना संक्रमण हुने उनी पहिलो हुन् । त्यस्तै आमाको पनि उपचार भइरहेको र खतरामुक्त भएको अस्पतालले बताएको छ ।