१५ बैशाख २०८१, शनिबार
Follow Us

पोर्चुगलको फारोमा नेपाली कृषि मजदुर कोरोना संक्रमित !

नेपालब्रिटेन संवाददाता
३ चैत्र २०७६, सोमबार ०५:१०

लिसवन । कोरोना संक्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भएको छ । यद्यपि उनको नाम, उमेरको बारेमा भने केही खुलाइएको छैन । कोरोना संक्रमित ति नेपालीले कति मानिससँग काम गर्दछन्, कहाँ र कति मानिसहरुसँग बस्छन्, अनि उनको सम्पर्कमा को को मान्छेहरु रहेका थिए, त्यसको अनुसन्धान भइरहेको बताइएको छ । कोरोनाबाट अन्यलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने उपायहरू अवलम्बन गरिने बताइएको छ ।