६ बैशाख २०८१, बिहीबार
Follow Us

पिपल मर्गेजद्वारा भिसीको सालिक बनाउन १ हजार पाउण्ड प्रदान

नेपालब्रिटेन डट कम्
३ चैत्र २०७६, सोमबार २०:२३

लण्डन । फार्नबोरोस्थित पिपल मर्गेजले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा पारेर १ हजार पाउण्ड भिसीको सालिक बनाउन प्रदान गरेको छ ।

पिपल मर्गेजमा सोमवार आयोजित कार्यक्रममा ग्रेटर रसमोर नेपाली कम्युनिटीलाई उक्त सहयोग प्रदान गरिएको हो ।

अल्डरसटको प्रिन्सेस गार्डेनमा भिक्टोरिया क्रस पदक विजेता पहिलो नेपाली कुलबीर थापाको सालिक निर्माण हुंदैछ ।

पिपल मर्गेजका प्रमुख सुर्य गुरुङ्गले कम्पनिको तर्फबाट १ हजार पाउण्ड हस्तान्तरण गरेको गैरआवासीय नेपाली संघ युकेकी सचिव रन्जिता मल्लले जनाइन् ।

गुरुङ्गले सो रकम ग्रेटर रसमोर नेपाली कम्युनिटीका उपाध्यक्ष मान गुरुङ्गलाई हस्तान्तरण गरेका हुन् ।

पिपल मर्गेजले वेलायतका हुने बिभिन्न परोपकारी काममा यसअघि पनि सहयोग गर्दे आएको थियो । यसअघि गोर्खा प्यालेसका प्रवन्ध निर्देशक सूर्य गुरुङले समेत सो परियोजनाको लागि ४ हजार पाउण्ड सहयोग गरेका थिए ।