१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुन, चाँदीमा भारी गिरावट

sarusaru
४ चैत्र २०७६, मंगलवार ०६:०६

काठमाडौँ । आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। हिजो सोमबार तोलामा ५ सय रुपैयाँ बढेको सुन आज एकै दिन तोलामा २ हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघको सूची अनुसार, आज छापावाल सुन प्रतिताला ७५ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला ७७ हजार ५ सय तथा तेजावी सुन ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि ८० रुपैयाँ गिरावट आएको छ । आज चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भईरहेको छ।

सोमबार चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासंघले जनाएको छ।