१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बुधबारदेखि नेपाल राष्ट्र बैंक गभर्नर विहीन हुने

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०७६, मंगलवार १०:३३

काठमाडौं । नेपाल राष्ट्र बैंक बुधबारवाट गर्भनर विहीन हुने भएको छ । गभर्नर चिरिञ्जिवी नेपालले आज मंगलबारदेखि अवकाश पाउने भएपछि बैंक गभर्नर विहीन बन्न लागेको हो । नेपालले अवकाश पाएपछि आजदेखि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कायम मुकायम गभर्नरको रुपमा काम सुरु गरेका छन् ।

गभर्नर अवकाशको एक महिनाअघि नै नयाँ गभर्नर नियुक्ती गर्नुपर्ने भएपनि सरकारले अहिलेसम्म नयाँ गर्भनर नियुक्तीको प्रक्रिया नै अघि बढाएको छैन । नयाँ गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषद्ले अर्थ मन्त्रीको संयोजकत्वमा एक समिति बनाउनुपर्ने व्यवस्था छ ।

सोही समितिको सिफारिसको आधारमा सरकारले गर्भनर नियुक्ती गर्नुपर्ने भएपनि समिति समेत गठन भएको छैन । प्रधानमन्त्री केपी ओली विरामी भएका कारण प्रक्रिया अघि बढन नसकेको हो ।

नयाँ गभर्नरका लागि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, लगानी बोर्डका सिईओ महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगकका सदस्य मीनबहादुर श्रेष्ठ, पूर्व अर्थसचिव लालशङ्कर घिमिरे, राजन खनाल लगायतको चर्चामा रहेको छ ।