१३ बैशाख २०८१, बिहीबार
Follow Us

सनराईज बैंकको कार्ड प्रयोगमा ‘आकामा’ होटलमा २० प्रतिशत छुट

नेपालब्रिटेन डट कम्
४ चैत्र २०७६, मंगलवार १४:३०

काठमाडौं । सनराईज बैंकको डेवीड वा क्रेडिट कार्ड प्रयोगकर्ताले काठमाण्डौंस्थित एक होटलमा छुट पाउने भएका छन् । काठमाडौंको धुम्बाराहीस्थित होटल ‘आकामा’ होटलमा जाने ग्राहकहरुले सो बैंकको कार्ड प्रयोग गरेमा २० प्रतिशत छुट पाउने भएका हुन् ।

बैंक र होटल आकामा बीच मंगलवार भएको सहमति अनुसार सो होटलमा जाने सेवाग्रहीले लाभान्दित हुने भएको बैंकमा प्रवन्धक रविन्द्र ढकालले जानकारी दिए । बैंक र होटल बीच भएको सहमति पत्रमा आकामाको तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठले हस्ताक्षर गरेका थिए । सो होटलमा सानिमा ग्रुपको लगानी रहेको छ ।

१० तलामा निर्माण भएको यस होटलमा १०८ ओटा कोठाहरु रहेका छन । होटलमा अत्याधुनिक सुविधासहितका ६ ओटा डिलक्स र ९५ ओटा सुपेरियर कोठाहरु रहेका छन ।