१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रदेश २ मा नेकपाले प्रस्ताव गरेको जानकी प्रदेश अस्वीकृत

नेपालब्रिटेन डट कम्
४ चैत्र २०७६, मंगलवार १९:४७

काठमाडौं चैत ४–प्रदेश २ को नामाकरणका लागि भएको मतदानमा जानकी प्रदेश अस्वीकृत भएको छ । जानकी प्रदेशको प्रस्ताव नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) ले गरेको थियो ।
१०७ जना प्रदेश सभा सदस्य रहेकोमा जानकी प्रदेशमा ३७ मत खसेको छ भने विपक्षमा ७० मत खसेको छ । प्रदेशको नामाकारण गर्नका लागि दुई तिहाई मत चाहिन्छ अर्थात ७२ मत भएपछि मात्र प्रदेश २ को नाम बहुमतले पारित हुन्छ ।
अब नेपाली काँग्रेसले ल्याएको मिथिला भोजपुर प्रदेशको प्रस्तावमाथि गोप्य मातदान हुने प्रकृया शुरु भएको छ ।