१५ चैत्र २०८०, बिहीबार
Follow Us

अधिकांश विदेशीलाई ३० दिनसम्म युरोप यात्रामा प्रतिबन्ध

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०७६, बुधबार ०४:२४

लन्डन । युरोपियन युनियनले अधिकांश विदेशीलाई ३० दिनसम्म युरोपको यात्रामा प्रतिबन्ध लगाउने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयासका लागि युरोपियन युनियनमा रहेका देशहरुले सीमा बन्द गर्ने निर्णय गरेका हुन् ।

नयाँ नियम इयुका २६ देशसहित आइसल्याण्ड, लिचेस्टाइन, नर्वे र स्वीट्जरल्याण्डमा लागु हुने छ । तर बेलायती नागरिकमा भने नयाँ नियम लागु हुने छैन । इटाली र स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि इयुका देशहरुले सीमामा कडाइ गर्ने भएका हुन् । फ्रान्सले हिँडडुलमा प्रतिबन्ध लगाएको छ ।

नयाँ नियमले गैर युरोपेली यात्रुलाई प्रभावित गर्ने भएको छ । लामो समयदेखि बस्दै आएका, कूटनीतिज्ञ, युरोपेलीका परिवारका सदस्य, सीमा क्षेत्रका कर्मचारी, स्वास्थ्यकर्मी तथा अत्यावश्यक सामग्री ढुवानी गर्ने व्यक्तिमा भने नयाँ नियम लागु हुने छैन ।