१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोनाको आशंकामा ५ जना टेकु अस्पताल भर्ना

sarusaru
५ चैत्र २०७६, बुधबार ०७:४४

काठमाडौँ । विश्वभर आतंक मच्चाईरहेको कोरोना भाइरसको आशंकामा ५ जना विदेशी नागिरक टेकु अस्पतालमा भर्ना भएका छन्।

कोरोना भाइरसको जस्तै संकेत देखिएका अमेरिका र स्कटल्याण्डका ५ जना नागरिक सोमबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना भएका हुन् ।

भर्ना भएकामध्ये चारजना आइसोलेसनमा रहेको र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ।

अस्पतालमा भर्ना भएका उनीहरुको स्वास्थ्य परीक्षण रिर्पोट आज साँझ ५ बजेसम्म आउने अस्पतालका प्रवक्ता अनुप बास्तोलाले डिसी नेपाललाई बताए ।

उनले भने, “अस्पतालमा ५ जना बिरामी भर्ना भएका छन्, साँझ ५ बजे स्वास्थ्य परीक्षण रिर्पोट आउँछ । त्यसपछि जानकारी हुनेछ।”
डिसी नेपाल