८ बैशाख २०८१, शनिबार
Follow Us

एसईई परीक्षा स्थगित

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०७६, बुधबार १३:३४

काठमाडौं । भोलिदेखि सुरु हुने भनिएको एसईई परीक्षा रोकिएको छ । कोरोनाभाइरसको संक्रमणको कारण परीक्षा स्थगित भएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका अनुसार भोलिदेखि हुने भनिएको परीक्षा रोकिएको हो । एसईई परीक्षामा देशभरका ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुँदै थिए । अर्को सूचना सार्वजनिक नभएसम्मका लागि परीक्षा स्थगित भएको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।