१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना भाइरसको संक्रमण रोक्न बेलायतले २० हजार सेना परिचालन गर्ने

नेपालब्रिटेन डट कम्
५ चैत्र २०७६, बुधबार २३:३०

लन्डन । विश्वव्यापी प्रकोप बनेको नोभेल कोरोना भइरसको सम्भावित संक्रमण र विस्तार रोक्न बेलायतले सेना परिचालन गर्ने भएको छ ।

बेलायती रक्षा मन्त्रालयका अनुसार मुख्य सडक, अस्पताल र अन्य प्रमुख शहरहरूमा महामारीको सामना गर्न मद्दतको लागि २० हजार सेनाहरू तम्तयार राखिएको हो ।

सेनाले तयार पारेको प्याकेज अनुसार हजारौं सेना परिचालन गरीनेछ । नयाँ कोविड सपोर्ट फोर्सको रुपमा एक टुकडीकोलाई उच्च तत्परतामा राखिनेछ। एकै साथ हजारौं सेनाहरू संख्या बढाउन सक्ने गरि युद्धकालीन शैलीमा राखिने छन् ।

भाइरसको प्रकोप बढ्दै जाँदा, महत्त्वपूर्ण आपतकालिन सेवा कामदारहरूलाई आधारभूत आवश्यकताहरू पुर्‍याउन सेनाको ब्याकअप आवश्यक रहेको जनाइएको छ ।

कुनै पनि समयमा बेलायतमा संकटको साथ सहयोग गर्न लगभग १० हजार सेनाहरू तैनाथ छन्। तर उच्च तयारीमा रहेकाहरूको संख्या २० हजार सम्म बढाउन सक्ने नीति छ ताकि सार्वजनिक सेवालाई सहयोग पुर्‍याउन त्यहाँ थप कर्मचारीहरू उपलब्ध हुन् ।