८ बैशाख २०८१, शनिबार
Follow Us

इटालीमा कोरोना भाइरसका कारण एकै दिन ४७५ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
६ चैत्र २०७६, बिहीबार ०४:४३

रोम । कोरोना भाइरस संक्रमणबाट इटालीमा अवस्था अति भयावह बनेको छ । कोरोना कारण इटालीमा मृत्यु हुनेको संख्या तीव्र गतिमा बढेको छ । इटालीमा बुधबार एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमण फैलिएका देशहरुमध्ये संसारमै एकै दिनमा एउटै देशमा अहिलेसम्मकै बढी मृत्यु भएको हो ।

इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या झण्डै तीन हजार पुगेको छ । इटालीमा अहिलेसम्म ३५ हजार ७ सय १३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । लोम्बार्डी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ ।

सो क्षेत्रमा एकै दिन ३ सय १९ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण कम्तिमा ८ हजार ७ सय ५८ जनाको मृत्यु भएकोमा अधिकांश चीनका छन् । पछिल्लो समय यो महामारी चीनमा नियन्त्रण भएको छ भने युरोपमा व्यापक बनेको छ ।